वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै चीन भ्रमण रद्द गरे मेयर बालेनले, ४० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रम प्रचण्ड अमेरिका जाँदै
Prabhu Bank AD

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेको जानकारी दिएका छन् । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भएको थियो । तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेको जनाएका छन् ।

‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’, सामाजिक सञ्जालमा बालेनले लेखेका छन् ।

यसैबीच, संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा ४० सदस्यीय टोलीले सहभागिता जनाउने भएको छ । नेपालबाट प्रधानमन्त्रीसहित २६ र अमेरिकामा थप १४ जना गरी ४० सदस्यीय टोलीको टुंगो लागेको हो ।

न्युयोर्क जाने टोलीमा दाहालकी कान्छी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव वैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेश मल्ल तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन् । अमेरिकामा थपिने १४ जनामा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा र नियोगका अधिकारीहरू तथा वासिङ्टन डीसीस्थित नेपाली दूतावासका राजदूत श्रीधर खत्री र दूतावासका अधिकारी छन् ।

सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल चीन भ्रमणमा निस्कने कार्यक्रम छ । त्यसबीचमा नेपालले दिगो विकास लक्ष्यहरू ९एसडीजी० समिट, हाई लेभल डाइलग अन फाइनान्सिङ फर डेभलपमेन्ट, क्लाइमेट एम्बिसन समिट, हाई लेभल मिटिङ अन पेन्डामिक प्रिभेन्सन, प्रिपियरनेस एन्ड रेसस्पोन्स, प्रिपराटोरी मिनिस्टर्ल मिटिङ फर द समिट अफ द फ्युचर, हाई–लेभल मिटिङ अल युनिभर्सल हेल्थ कभरेल, हाई–लेभल मिटिङ अल द फाइट अगेन्स टुभर्कुलोसिस, अतिकम विकसित राष्ट्रहरू (एलडीसी) को अध्यक्षता गर्दै कार्यक्रम, सार्क मन्त्रीस्तरीय साइडलाइन वार्तामा नेपालको तर्फबाट सहभागिता रहनेछ ।

दाहाल न्युयोर्कबाट नेपाल नआई सिधै चीन उड्ने कार्यक्रम परराष्ट्र मन्त्रालयले तय गरिसकेको छ तर मन्त्रिपरिषद्ले चीन भ्रमणको निर्णय गरिसकेको छैन । दाहालले सेप्टेम्बर २३ देखि २७ ९असोज ६ देखि १०० सम्म चीन भ्रमण गर्ने गृहकार्य भइरहेको छ । दाहाल न्युयोर्कबाट असोज ५ मा चीनको हाङचाओमा एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिन जानेछन् । उनी असोज ६ मा उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यसपछि असोज ७ मा बेइजिङ प्रस्थान गरी असोज ८ मा चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् । सोही दिन द्विपक्षीय वार्ता पनि हुनेछ । दाहाल त्यसपछि थप दुई दिन चीनका अन्य स्थानको भ्रमण गरेर फर्कने कार्यक्रमको गृहकार्य भइरहेको छ ।

गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि उनी इटाली प्रस्थान गरे । साउन ८–१० मा रोममा भएको ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टकटेकिङ मुभमेन्ट’ मा उनले नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर