वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
९ वटा ट्रेड युनियनहरु सम्मिलित ‘संयुक्त ट्रेड युनियन संघर्ष समिति’ले आज एमसीए कार्यालय घेराउ गर्ने
Prabhu Bank AD

काठमाडौं । संसद र सरकार बाहिर रहेका ९ वटा ट्रेड युनियन सम्मिलित संयुक्त ट्रेड युनियन संघर्ष समितिले आज एमसीसी सम्झौता कार्यान्वयन गर्ने संस्था एमसीए–नेपालको कार्यालय घेराउ गर्ने भएको छ । भोलिदेखि एमसीसी सम्झौता कार्यान्वयनको थालनी गर्न लागेपछि एमसीसी सम्झौताको पूर्णरुपले खारेजीको माग गर्दै एमसीए–नेपालको कार्यालय घेराउ गर्न लागिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष दिनेश शर्मा सागरले जानकारी दिनुभयो ।

रत्नपार्क शान्तिबाटिकामा जम्मा भएर आज दिउसो १२ बजे मजदुरहरुको विशाल जुलुस निकालिने र जुलुस भोटाहिटी, जमल, दरबारमार्ग हुँदै याक एण्ड यति होटलमा रहेको एमसीए–नेपालको कार्यालय घेराउमा पुग्ने पनि सम्बद्ध स्रोतले जानकारी दिएको छ । ‘गो ब्याक एमसीसी, गो ब्याक अमेरिका, नो एमसीसी’ लगायतका नाराहरु लगाउँदै एमसीए कार्यालयमा पुगेको जुलुसलाई शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने स्रोतले जनाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले देशैभर एमसीसी खारेजीको माग गर्दै दिनदिनै प्रदर्शन गरिरहेको छ । एमसीसी सम्झौता राष्ट्र र नेपाली जनताको हितमा नरहेको, नेपालको प्राकृतिक स्रोतसाधन कब्जा गर्ने र नेपालको छिमेकी मुलुक चीनका विरुद्ध नेपाली भुमि प्रयोग गर्ने साम्राज्यवादी मिसन बाकेर आएकोले एमसीसीको कुनै पनि हालतमा कार्यान्वयन हुन नहुने भन्दै सडक संघर्ष चर्काउँदै आएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि एमसीसीको खारेजीको पक्षमा उभिएको छ । एमसीसी सम्झौता कार्यान्व्यनका विरुद्धको आन्दोलनमा विस्तारै जनसहभागिता र जनसमर्थन पनि बढ्दै गएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर