वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
स्वयम्भूकाे बस्ती हटाउन खाेजेपछि सुकुम्बासीहरु आन्दाेलित, नगरप्रहरी प्रमुख पाण्डेकाे राेहबरमा वडा कार्यालयलाई बुझाइयाे ध्यानाकर्षण पत्र
Prabhu Bank AD

काठमाडौं । वैकल्पिक व्यवस्थापन विना नै फेरि पनि काठमाडौं महानगरले सुकुम्बासी बस्ती हटाउन खाेजेपछि सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरु महानगरका बिरुद्ध आन्दाेलित बनेका छन् ।

उनीहरुले साेमबार स्वयम्भू नमूना बस्तीमा सम्पूर्ण बस्तीबाट व्यापक जनसहभागितासहित बस्ती रक्षा र जबरजस्ती उठिबास विरूद्ध प्ले कार्डसहित विशाल प्रदर्शन गरेका छन् ।
काठमाडौं महानगपालिकाले वडा नं १५ स्वयम्भु स्थित नमुना बस्ती हटाउने २०८०/५/८ गते गरेको माइकिङ विरूद्ध संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चामा आबद्ध संघ/संस्थाहरुको नेतृत्वमा व्यापक जनसहभागिता सहित गरिएकाे विराेध प्रदर्शनसहित वडा कार्यालय समेत घेराउ गरिएकाे गियाे ।
प्रदर्शनकारीहरुले महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेको रोहबरमा कार्यबाहक वडा अध्यक्ष लक्ष्मी मैया महर्जन र सचिव सुशील सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाइएकाे छ ।
ध्यानाकर्षण पत्र बुझ्दै स्थायी व्यवस्थापन नगरी बस्ती नहटाउने सहमति गरिएकाे नेपाल बसाेबासले जनाएकाे छ ।
स्वयम्भू स्थित नयाँ बस्तीमा विगत २० बर्षदेखि बस्दै आएका ४६ घरलाई जबर्जस्ती हटाउन उक्त नमूना बस्तीमा २०८०/५/८ गते काठमाडाै महानगरपालिकाले ३दिने अल्टिमेटम सहित माइकिङ गरेर बस्तीलाई आतंकित पारेकाे थियाे ।

Prabhu Bank AD

सम्बन्धित खवर