वि.सं.२०८३ मंसिर ८ सोमवार
Shivam
Dish Home Long Ad
TaTa
सिपी गजुरेलले फेरि दिए एमसिसी परियोजना लागू हुन नदिने चेतावनी

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लागू हुन नदिने चेतावनी दिएको छ।

सो पार्टीका नेता सिपी गजुरेलले राष्ट्रघाति एमसिसी परियोजना संसदबाट पास भएपनि आफूहरुले लागू हुन नदिने बताएका हुन्। शनिबार काठमाडौंमा आयोजित ‘एमसिसी खोरजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भदौ १४ बाट एमसिसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको बिरोधमा आफूहरुले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे।

‘अब यो पास भइसक्यो, उल्टिँदैन भन्ने कुरा सत्य होइन । कुरा के हो भने उनीहरुले त्यहाँ पारित गरेपनि अब यहाँको सरकारले चाहीँ लागू गर्न पाउँदिन भन्ने अधिकार सरकारलाई छ । लागू नगर्ने अधिकार नेपाली जनतालाई छ । त्यसकारण हामीले त्यो अधिकारलाई प्रयोग गर्दै अहिले हामीले गर्न खोजेको के हो भने त्यो संसदबाट जनतालाई धोका लिएर गरिएको सम्झौता कार्यान्वयन हुन दिँदैनौं,’ उनले भने।

नेता गजुरेलले श्रीलंका सरकारले संसदबाट पारित भएपछि एमसिसी फिर्ता गराएको दृष्टान्त दिँदै नेपालबाट पनि सो परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गरे। उनले एमसिसी परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने चेतावनी दिए।

Agni

सम्बन्धित खवर