वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
प्रहरी चौकीसहित मुस्ताङको कागबेनीमा बाढीले ३१ घर बगायो
Prabhu Bank AD

 

काठमाडौं । मुस्ताङको कागखोलामा बाढी आउँदा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा प्रहरी चौकीसहित ३१ घर बगाएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार लगातारको वर्षापछि बेलुकादेखि कागखोलामा लेदोसहित आएको बाढीले कागबेनीका ३१ घर पूर्ण क्षति भएका छन्। बाढीले इलाका प्रहरी कार्यालय कागखोलाको भवन र विभिन्न संस्थाका भवन लगायत बगाएका छन्।

त्यस्तै जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युत्का पोल बगाएको सिडिओ केसीले जानकारी दिए।

पक्की पुल बगाउँदा अपर मुस्ताङसँगको सम्पर्क टुटेको उनले बताए। मानिसहरूलाई पहिल्यै सुरक्षित स्थानमा लगिएका कारण मानवीय क्षति हुन नपाएको उनले बताए।

बाढीका कारण १५–२० घरको एक तलासम्म लेदोले भरिएका छन् भने १२–१५ घर उच्च जोखिममा रहेको सिडिओ केसीले जानकारी दिए। अहिले तीन वटै सुरक्षा निकायका ७० जना उद्धार टोली र स्थानीयहरू उद्धारमा जुटेको उनले बताए।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय