वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
Prabhu Bank AD

 

काठमाडौं । महिलासँग भिडिओ च्याटमा अश्लिल हर्कत गर्न लगाएर मोबाइलमा रेकर्ड गरी चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दैलेखको महाबु गाउँपालिका–२ का वर्ष ३९ को तुलाराम सारू रहेका हुन।

पीडित महिलाका अनुसार उनको पसलमा सामान खरिद गर्न आउने तुलारामसँग परिचय भए पछि उनले मसँग सिम कार्ड छैन। निकाल्नको लागि नागरिकता पनि छैन। फोन चलाउन तिम्रो सिम कार्ड दिनु पर्यो भनि मागेका थिए।

त्यसपछि महिलाले ती व्यक्तिलाई विश्वास गरी आफैले प्रयोग गर्दै आईरहेको मोबाइलको सिम कार्ड प्रयोग गर्न दिइन्।

पीडकले फेसबुकबाट समेत साथी बनी, तिमीलाई विवाह गर्छु भनि प्रलोभन देखाई मायाजालमा फसाई, विभिन्न दबाब र धम्की दिई म्यासेन्जरको भिडियो कलमा अश्लील हर्कत गर्न बाध्य पारी सो क्रियाकलापको आफ्नो जानकारी बिना स्क्रिन रेकर्ड गर्ने गरेको महिलाको भनाइ छ।

पटक–पटक अश्लील कल गर भनि जहिले पनि जुन सुकै समयमा दबाब र धम्की दिई दुःख हैरानी दिन थालेपछि, महिलाले निजको सो प्रोफाइल ब्लक गरी बसेकी थिइन्।

प्रोफाइ ब्लक पश्चात् नक्कली फेसबुक प्रोफाइलबाट महिलाको अश्लील तस्बिरहरू उनका आफन्त तथा साथी भाइहरूले प्रयोग गर्ने फेसबुकको म्यासेन्जरमा पठाई चरित्रहत्या गर्ने गरेको महिलाले बताएकी छन्। त्यसपछि उनले ती व्यक्तिलाई कानुन बमोजिम कारबाहीका लागि पीडित महिलाले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन्।

ब्यूरोले जिल्ला प्रहरी कार्यालयको बाँकेको सहयोगमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशले पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान गरिरहेको छ।

साथै, आफ्नो नाममा जारी सिमकार्ड, नागरिकता, पासपोर्ट र बैंकिङ सामग्री लगायतका व्यक्तिगत सामाग्री तथा विवरणहरू अरूलाई अनावश्यक उपलब्ध नगराउनु हुन एवं विद्युतीय माध्यमको सुरक्षित प्रयोग गर्नसमेत नेपाल प्रहरी साइबर ब्यूरोले सबैसँग आग्रह गरेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर