वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
बुनपाका वडाध्यक्षमाथि महानगर प्रहरीको दुर्व्यवहार
Prabhu Bank AD

 

काठमाडौं । काठमाडौं महानगर प्रहरीले बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिमाथि हातपात र दुर्व्यवहार गरेको विषयले दुईपक्षीय वार्ता प्रभावित भएको छ ।

कपन प्रहरी चौकीमा बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीसहितको टोली र काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विमल होडासहितको टोलीबीच सात तलेको विवाद समाधान गर्न वार्ता भइरहेको छ ।

बूढानीलकण्ठ र महानगरका बासिन्दाबीच दोहोरो झडपको अवस्था आएपछि प्रहरीले महानगरको डोजरको चाबी खोसेर वार्ताको पहल गरेको थियो । डोजरमा अवरोध गर्दा महानगर प्रहरीले बूढानीलकण्ठ नगरपालिका– १० का वडाध्यक्ष नवराज भट्टराई र वडा सदस्य रिता दाहालमाथि दुर्व्यवहार गरेका थिए

यहि विषयले वार्तामा समेत तनाव उत्पन्न भएको छ । महानगरले क्षेत्राधिकार बाहिर बूढानीलकण्ठमा प्रवेश गरेर जनप्रतिनिधिमाथि दुव्यर्वहार र स्थानीयलाई आतंकित बनाएको उपमेयर अनिता लामाले बताइन् ।

यसैबीच महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले भने बूढानीलकण्ठका जनप्रतिनिधिको मागको बारेमा आफूहरूलाई सरोकार नभएको बताए । उनले खोला मासेर बनाएका संरचना हट्छन् भनेर उनीहरूले अवरोध गरेको आरोप लगाए ।

पाण्डेले आजै साततलेको खोला डोजर लगाएर जसरी पनि खोल्ने भन्दै दुई पक्षले वार्ताको लागि समय मागेकाले केहीबेर छाडिएको बताए । उनले नापचाज गर्नुपरे समय दिने भन्दै तर आजै डोजर चलाउने बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर