वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
अमेरिकामा भिषण आँधीःपाँच करोड मानिस प्रभावित
Prabhu Bank AD

पूर्वी अमेरिकाका विभिन्न राज्यमा आएको भिषण आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन्। अग्निनियन्त्रण विभागका अनुसार मंगलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १० लाख, पेन्सिल्भेनियामा ९५ हजार र म्यारील्यान्डमा ६४ हजार मानिस बिजुलीविहीन भएका छन्। मंगलबार बिहान १ हजार भन्दा धेरै उडान पनि सारिएको थियो।

पूर्वी अमेरिका अहिले पनि ठूलो आँधीको चपेटामा छ। यसकारण न्यूयोर्कबाट अलबामासम्म लगभग १० लाख घर र व्यवसायको बिजुली गएको छ। ठूलो आँधीका कारण हजारौँ उडान पनि रद्द भएका छन्। करिब पाँच करोड मानिस आँधीका कारण तनावमा परेका छन्।

संघीय उडान प्राधिकरणका अनुसार सोमबार न्यूयोर्क, फिलाडेल्फिया, अटलान्टा र वासिङ्गटन डीसीका विमानस्थलमा ग्राउन्ड स्टप जारी गरिएको छ।

आँधीका कारण विभिन्न राज्यमा आधा दर्जनले ज्यान गुमाएका छन्। मौसम विभागका अनुसार आँधीको समयमा चट्याङ पर्दा केही मानिसको ज्यान गएको छ। अमेरिकामा चट्याङबाट हुने मानिसको मृत्यु दुर्लभ छन्। अमेरिकामा हरसाल करिब २० मानिसले चट्याङबाट ज्यान गुमाउँछन्।

मौसम विभागले आँधीबाट सबैभन्दा प्रभावित घटनाहरुमध्ये एक चेतावनी जारी गरेको छ। यस दशकमा पहिलो पटक मौसम विभागले डीसी शहरमा चार(पाँच स्तरको जोखिम गरेको छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर