काठमाडौं । चिनियाँ राजदूत छन सोङ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढाकालबीच आज भेटवार्ता भएको छ । राजदूत छन सोङले ट्वीट गर्दै भेटवार्ता भएको जानकारी दिएका छन् ।

उनले उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालसँग भएको भेटको बारेमा खुशी व्यक्त गर्दै नेपालको उद्योग वाणिज्य क्षेत्रमा लगानी गर्ने विषय र दुवै पक्षबीचको सहकार्यबाट नेपालमा लगानीको लागि वातावरण बनाउने लगायतका विषयमा महत्वपूर्ण छलफल भएको बताएका छन् । उनले आगामी दिनमा उपयोगी सहकार्य हुने पनि विश्वास लिएका छन् ।

