वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
हत्या अभियोग लागेका व्यक्ति कसरी भयो सांसद ?
Prabhu Bank AD

सप्तरी, २० श्रावण । हत्या कसुरमा फरार देखिएका सप्तरी निर्वाचन क्षेत्र नम्बर ४(ख) का प्रदेश सांसद कसरी चुनाव लडे र कसरी स्वतन्त्र उमेदवारी दिएर निर्वाचित भए ? यतिबेला यो विषय चर्चामा छ ।

सप्तरी लिल्ला अदालतका न्यायायधीश दुर्गाप्रसाद ढुङ्गेलको ईजलाशले दोषी करार गर्दै २०७१ चैत्र ११ गते अनिरुद्र सहितका व्यक्तिलाई ४ वर्ष कैदको फैसला गरेको छ । उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालेको ०७५ भदौ ९ गतेको संयुक्त इजलाशले जिल्लाको फैसलालाई समेत सदर गरेको छ।

सर्वोच अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र वमकुमार श्रेष्ठको संयुक्त इजलासले पनि २०७८ पुस १३ गते जिल्ला र उच्च अदालतले गरेको फैसलालाई नै सदर गर्ने आदेश दिएको छ ।

यादवको निर्देशनमा साविकको बोदेबर्साईन गाविस– ४ बाट ०६४ असार ९ गते सप्तरी खोक्सरप्रवाहा – १ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीलाई अपहरण गरी हत्या गरेको आरोप थियो । उनी ०७९ मंसिर ४ को प्रदेश सभा निर्वाचनमा भागलिई निर्वाचित भएका हुन ।

चौधरीलाई नेङ्गडा गाविस–५ वैरिया टोलमा लगेर गोली हानी हत्या गरेको अभियोगपत्रमा उल्लेख छ । हत्याको विषयमा मृतकका दिदी धनगढी गाविसकी ३६ वर्षीया रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते यादवसमेत ९ जनामाथि किटानी जाहेरी दिएकी थिइन । प्रहरीले अदालतमा मुद्दा दर्ता गरेपछि यादव बयान दिनसमेत नगई फरार भएका थिए । अदालतले दोषी ठहर गरेपनि प्रहरीले भने हालसम्म उनलाई पक्राउ गर्ने भन्दा पनि सुरक्षा दिएर हिडेको पीडित पक्षले बताएका छन् ।

अदालतको फैसलामा के छ ?
सप्तरी जिल्ला अदालतले अनिरुद्र सिंह यादवसहितको हकमा ०७१ चैत ११ गरेको फैसलामा उनले ४ वर्ष कैद वस्नु पर्ने उल्लेख छ। ‘प्रतिवादी उपरको मुलुकी ऐनको दफा १३ (४) को अभियोग दावी पुग्न सक्दैनन । प्रतिवादीको कसुर मुलुकी ऐन ज्यान सम्बन्धी महलको १७(२) बमोजिम मृतकलाई घेरा हाल्ने र मार्न संयोग पारिदिने सम्मको कसुरमा सग्लन भएको देखिनआउँछ । यसरी प्रतिवादीको कसुर १७ (२) नम्बर सम्मको देखिदा सोहि नम्बर बमोजिम मृतकलाई घेरा हाल्ने र मार्नको निमित्त संयोग पारिदिने सम्मको कसुरकमा कसुरको मात्रका अधारमा यी प्रतिवादीलाई ४ वर्ष कैद हुन्छ ।’– फैसलामा भनिएको छ । प्रतिवादी ताराकन्त यादबलाई २ वर्ष र अनिरुद्र सिंह यादव सहितलाई ४ वर्ष कैद सजाय भएको देखिएको छ । ( नेपाल आजबाट )

Prabhu Bank AD

सम्बन्धित खवर