वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
दुई बालिकामाथि बलत्कार आरोपमा एक युवा पक्राउ
Prabhu Bank AD

काठमाडौं। दुई बालिकामाथि एकैरात करणी प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले एक युवालाई नियन्त्रणमा लिएको छ ।

तानसेन नगरपालिका वडा नं ४ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराईलाई यो विषयमा अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको हो ।

ठडराईले गएको आइतबार रातिको समयमा अन्दाजी करिब ९ बजे तानसेन बस्ने ११ वर्षीया बालिकालाई जवर्जस्ती करणीको प्रयास गरेका थिए भने सोही राती तानसेनकै १३ वर्षीया बालिकालाई रातको करिब १ बजेको समयमा करणी प्रयास गरेका थिए ।

पीडितको जाहेरीको आधारमा आरोपित युवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

‘पीडितको पक्षबाट जाहेरी आएपछि हामीले अनुसन्धानको लागि आरोपितलाई ल्याएका छौं, अनुसन्धानबाट घटना के कसरी भएको हो भन्ने खुल्नेछ’ थापाले नेपाल प्रेससँग भने ।

Prabhu Bank AD

सम्बन्धित खवर