वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
सुन तस्करी प्रकरणमा एमालेले संसद अवरुद्ध गर्ने, गृहमन्त्रीको राजीनामा मागको तयारी
Prabhu Bank AD

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बस्ने संसद बैठक अवरोध गर्ने तयारी गरेको छ। विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १०० किलोको सुन बरामद गरिएको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेको माग छ।

यसकै तयारीका लागि एमालेले संसदीय दलको बैठक बोलाएको छ। दिउँसो १ बजे बस्ने संसद बैठकको तयारीको लागि एमालेले १२ बजे संसदीय दलको बैठक बोलाएको एमाले संसदीय दलका मुख्य सचेतक पदम गिरीले बताए।

‘गत मंगलबार त्रिभुवन विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १०० किलोको सुन बरामद गरिएको थियो। घटनाबारे भने बुधबार सार्वजनिक भएको हो। उक्त प्रकरणमा १० जनालाई समातिएको छ। यही प्रकरणलाई लिएर एमालेका नेताहरूले गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताउदै आएका छन्।

एमाले अध्यक्ष केपी ओलीले सोमबार राति कम्बोडियाबाट फर्किने क्रममा सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रष्ट पार्न भनेका थिए। अध्यक्ष ओलीले विमानस्थलमा आक्रोश पोख्दै काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको समेत बताएका थिए।

Prabhu Bank AD

सम्बन्धित खवर