वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
सुन र हिरासहित विमानस्थलबाट अस्ट्रेलियन नागरिक पक्राउ
Prabhu Bank AD

 

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको सुन तथा हिरासहित एक जना पक्राउ परेका छन् । ७ सय ७० ग्राम सुन र डायमन्ड सि‌ं ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मूलका अस्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मलेसियन एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट मलेसिया हुँदै अस्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा उनले बोकेको झोलाभित्र अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा उक्त सुन तथा डायमन्ड फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर