वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
सहकारी पीडितमाथि प्रहरीको दमन
Prabhu Bank AD

 

काठमाडौँ । सहकारी पीडितहरुले आन्दोलनका क्रममा सडकमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले केही पीडितहरुलाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान माइतीघर क्षेत्रमा र्‍याली निकाल्ने क्रममा सडकमा अवरोध पुगेपछि त्यहाँको सडकमा केहीबेर यातायात अवरुद्ध भएको थियो ।

सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटो भन्दा छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने भन्दै विभिन्न नारासहितका प्लेकार्ड र ब्यानर बोकेर पीडितहरु प्रदर्शनमा उत्रिएका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर