वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
समाजवादी मोर्चाको बैठक तत्काल स्थगित
Prabhu Bank AD

 

२७ असार, काठमाडौं । आज बस्ने भनिएको समाजवादी मोर्चाको बैठक सीता दाहालको निधनका कारण स्थगित भएको छ ।

प्रधानमन्त्री समेत रहेका मोर्चा घटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डी पत्नी समेत रहेकी दाहालको निधनका कारण अपराह्न चार बजेका लागि तय भएको बैठक स्थगित भएको हो ।

‘आज बैठक नबस्ने भयो । अर्को बैठकका लागि नयाँ मिति तय गर्छौं,’ एकीकृत समाजवादीका उपाध्यष राजेन्द्र पाण्डेले भने ।

द्याहालको आज बिहान नर्भीक अस्पतालमा निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो ।

आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ

Prabhu Bank AD

सम्बन्धित खवर