वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
नेपाल रेडक्रसमा तिम्सिना पक्षको आज निर्वाचन हुँदै
Prabhu Bank AD

 

२५ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले निर्वाचन गर्न रेडक्रसलाई निर्देशन दिएको थियो । प्रशासनको पत्र अनुसार कार्यकारी निर्देशक उमेश ढकालले २७ र २८ असारमा निर्वाचन हुने गरी मातहतलाई परिपत्र गरेका थिए । निर्वाचनकोे बिरुद्धमा सर्वोच्च अदालतमा परेको रिट विचाराधीन नै छ ।

प्रशासनले तोकेको निर्वाचनको मितिलाई कांग्रेस, माओवादी र एकीकृत समाजवादी निकटले समर्थन जनाएका छन् । तर पूर्व अध्यक्ष डा। नेत्र तिम्सिना पक्षधर एकतर्फी निर्वाचन गर्न लागिएको भन्दै विरोधमा उत्रेको छ ।

तिम्सिना पक्षधरले २५ असारमा ९सोमबार० निर्वाचन डाकेको छ । तिम्सिनाको तदर्थ समितिमा रहेका महामन्त्री दिपेन्द्र ढकालले वैधानिक तवरले निर्वाचन डाकिएको बताए । ‘अदालतले दिएको अन्तरिम आदेश अनुुसार हाम्रो कार्यसमिति वैधानिक हो । निर्वाचन गराउने अधिकार हाम्रो समितिलाई छ,’ ढकालले अनलाइनखबरसँग भने । सर्वसम्मत भए आज नै र चुनाव हुने परिस्थिति भए नयाँ कार्यसमिति मंगलबार आउने ढकालले जानकारी दिए ।

जिल्ला र प्रदेशबाट वैधानिक रुपमा प्रतिनिधिहरु भेला भएको तिम्सिना पक्षधरले जनाएको छ । प्रत्येक जिल्लाबाट ३ र प्रदेशबाट २ जना प्रतिनिधि केन्द्रीय निर्वाचनमा सहभागी हुने व्यवस्था छ । सम्मेलन स्काई व्याङक्वेट रामशाह पथमा भइरहेको छ ।

तत्कालीन नेकपा सरकारको समयमा अघिल्लो कार्यसमितिलाई भंग गरि तिम्सिना नेतृत्वको तदर्थ समिति बनाइएको थियो । उनले समयमा निर्वाचन गर्न नसकेको भनि कांग्रेस नेतृत्वको पूर्व सरकारले सुदर्शन नेपाल अध्यक्ष रहेको तदर्थ समिति बनाएको थियो । देउवा सरकारले गरेको निर्णय बिरुद्ध अदालत गएका तिम्सिनाले अन्तरिम आदेश पाएर पदमा कायम रहे ।

पछिल्लो कार्यकालमा पनि निर्वाचन गर्न नसकेको भनी दोस्रोपटक बर्खास्त परेका तिम्सिना पुन अदालत गएर अन्तरिम आदेश ल्याएका थिए । सरकारले नेपाल नेतृत्वको तदर्थ समितिलाई मान्यता दिने र अदालतले तिम्सिना पक्षलाई काम गर्न नरोकेपछि विवाद झनै बढेको थियो । गत एक वर्ष देखि रेडक्रस तदर्थ समिति विहीन थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर