वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
राष्ट्रियसभामा एमालेले गर्याे बैठक अवरुद्ध
Prabhu Bank AD

 

२० असार, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

प्रधानमन्त्रीले केही दिनअघि भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको भन्दै एमालेले राजीनामा माग गरेको हो ।

बुधबार दिउँसो साढे २ बजे बसेको राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले समय लिएर बोल्दै दिल्लीको इशारामा बनेको प्रधानमन्त्री आफूहरुलाई स्वीकार्य नभएको बताए ।

‘उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ र मार्गप्रशस्त गर्नुपर्छ । भारतको इशारामा, भारतको नेतृत्वमा र भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न दिँदैनौं’ उनले भने ।

एमाले सांसदहरु आफ्टो सिटबाट उठेर अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेका छन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर