वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
Prabhu Bank AD

बालुवाटार जग्गा प्रकरणका ३ आरोपितको रिट न्यायाधीश इजलासमा

काठमाडौं । बालुवाटारस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीनजनाको बन्दी प्रत्यक्षीकरण रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा परेको छ।

शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार चुँडालको एकल इजलासले २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। प्रतिवादीहरुले सोमबार लिखित जवाफ बुझाएपछि आजका लागि पेसी तोकिएको हो।

दिनभरि सीआईबीमा, राति बास बस्न अस्पताल पुग्छन् बालुवाटार काण्डका आरोपित
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर बालुवाटार जग्गा प्रकरणमा ठगी र किर्तेको कसुरमा अनुसन्धान अगाडि बढाएपछि सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

गृह मन्त्रालयसमेतलाई विपक्षी बनाइएको रिट निवेदनमा यो कसुरमा मुद्दा चल्न नसक्ने र सर्वोच्च अदालतले नै हदम्याद नाघिसकेको भनी आदेश गरिसकेकाले आफूहरुलाई थुनामा राख्न नमिल्ने माग गरिएको छ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले १७ जनालाई यो मुद्दामा पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। सोही आदेशलाई आधार मान्दै तीनजना छुटेका थिए।

बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका ३ जना छुटे
सर्वोच्चले उक्त आदेश गर्दाका फाइलसमेत सँगै पेस गर्न भनेको छ। यो प्रकरणमा सीआईबीले अहिलेसम्म ९ जनालाई पक्राउ गरिसकेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर