वि.सं.२०८३ जेठ २१ बिहीवार
Dish Home Long Ad
कक्षा १२ को नतिजा साउन अन्तिम साताभित्रमा आउने
Prabhu Bank AD

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक गरिने जनाएको छ । गत वैशाख २६ गतेदेखि लिइएको परीक्षा नतिजा साउन मसान्तभित्र सार्वजनिक गरिने भएको हो । त्यसका लागि अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । सातै प्रदेशका परीक्षा केन्द्रहरूमार्फत उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले जानकारी दिए ।

‘उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । साउन अन्तिम साताभित्रमा नतिजा सार्वजनिक गर्ने हाम्रो कार्यतालिका छ । सोही आधारमा हुन्छ’ अध्यक्ष शर्माले भने । उत्तर पुस्तिका परीक्षण हाल प्रभावित भएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल ९हिस्टुन० को आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणको काम प्रभावित बनेको हो । आन्दोलनरत शिक्षकहरू परीक्षणका लागि नगएपछि उत्तरपुस्तिका परीक्षणको काम आंशिक रूपमा प्रभावित भइरहेको अध्यक्ष शर्माले बताए ।

हिस्टुनले असार १३ गतेदेखि १९ गतेसम्म एक साताका लागि परीक्षण नगर्ने बताएको हो । उनीहरूले अवरोध सिर्जना गरेपनि नतिजा प्रकाशनको काम भने समयमै हुने उनको भनाई छ । नतिजा कुनै आधारमा प्रकाशन गर्ने भन्ने यकिन भइसकेको छैन् । गत वर्ष लेटर ग्रेडिङ २०७८ अनुसार नतिजा प्रकाशन गरेको थियो । तीन वर्ष वा सो भन्दा बढीमा नन ग्रेडेड ९एनजी० आएका विद्यार्थीले अर्को वर्ष हुने परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर, अन्तिममा आएर संशोधन गरिएको थियो । र जति विषयमा नन ग्रेडेड आएको थियो। त्यति विषयको मात्र परीक्षा दिने व्यवस्था गरिएको थियो ।

१ वा २ विषयमा एनजी आएका विद्यार्थीले तत्कालै हुने पुरक परीक्षामा सहभागी हुन पाउनेछन् । तीन विषय वा सो भन्दा बढीमा एनजी आएका विद्यार्थीले अर्को वर्ष परीक्षा दिनुपर्ने लेटर ग्रेडिङ निर्देशिकामा उल्लेख छ । गत वर्ष संशोधनपछि तीन वा सो भन्दा बढी विषयमा एनजी आउने विद्यार्थीले अर्को वर्ष जति विषयमा एनजी आएको सोही विषयको मात्र परीक्षा दिनुपर्नेछ ।

Prabhu Bank AD

सम्बन्धित खवर