काठमाडौं । आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्कालाई विशेष अदालतले शुक्रबार फैसला गर्दै १ वर्ष ३ महिना कैद सजाय तोकेको हो। बिगोसहित १८ करोडभन्दा बढी जरिवाना हुने फैसला सुनाइएको छ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल र सदस्य न्यायाधीशद्वय शालिकराम कोइराला र खुशीप्रसाद थारुको इजलासले खड्काको बैंक मौज्दातमा रहेको रकम र घरजग्गा समेत जफत हुने फैसला गरेको छ। बिगो र जरिवाना गरी खड्काबाट कुल १८ करोड ३८ लाख १३ हजार २६८ रुपैयाँ असुलउपर हुनेछ।
९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ बराबर बिगो ठहर भई सोही बमोजिम जरिवाना समेत गरिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए।

