वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
साना क्षमताका सवारीमा यसकारण कर घटाइएको अर्थमन्त्रीको दाबी
Prabhu Bank AD

 

काठमाडौं । अर्थमन्त्री ड. प्रकाशशरण महतले आम नागरिकले प्रयोग गर्ने साना क्षमतामा सवारीमा कर घटाइएको दाबी गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८० –८१ को बजेटमा उठेका प्रश्नको संसद्‍मा जवाफ दिँदै डा. महतले विगतमा १०० किलोवाटदेखि २०० किलोवाट क्षमताको सवारी साधनमा १०० किलोवाटसम्मको तुलनामा अमिल्दो दर भएको देखिएकोले आम नागरिकले प्रयोग गर्ने वर्गमा पर्ने यस्ता साधनको दर समेत समायोजन गर्न करको दर घटाइएको बताएका हुन् ।

यो वर्गमा कुनै एक सवारी साधन नपरी विभिन्न कम्पनीका साधन पर्ने भन्दै उनले आर्थिक ऐन, २०७९ बाट भएको करको दरमा परिवर्तन हुनु भन्दा अगाडि आर्थिक वर्ष २०७८र७९ मा आयात भएका १ हजार ८०७ वटा सवारी साधन मध्ये ७९२ वटा करिब ४३ प्रतिशत सवारी साधन यसै वर्गका रहेको उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा १०० किलोवाटसम्मका सवारी साधनलाई मात्र प्रोत्साहन गर्ने नीति अवलम्बनका कारण अधिकांश सवारी साधन १०० किलोवाटसम्मका सवारी साधन मात्र आयात भएको देखिएको उनले तर्क गरे ।

सरकारको विद्युतीय सवारी साधनलाई प्रोत्सान गर्ने नीतिकै कारण सवै क्षमताका साधनको दरमा समानुपातिक, वैज्ञानिक र प्राकृतिक देखिने गरी समायोजन गरिएको उनले बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर