मधेसप्रदेश । सिरहामा ज्वाईंको टिमले जग्गा हड्फेपछि ससुराको चिन्ताले मृत्यु भएको छ । ससुराको मृत्यु भएपछि तीन भाई छोराको बिचल्ली भएको छ । छोरीज्वाईंले फसाएको पुर्खौली सम्पत्ति फिर्ता गर्न तीनभाई छोराले महाजनको उल्टै लाखौं रुपैयाँ बुझाउनु परेको पीडित गणेश नारायण साहले बताए ।
घटना यस्तो छ:
सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका वडा ७, का मुक्तिनाथ साहको एकमात्र छोरीज्वाईं थियो । उनी काँग्रेस निकट बुद्धिजीवीको रुपमा परिचित व्यक्ति थिए । छोरीज्वाईंले व्यवसायी गर्छु भनेर मुक्तिनाथसँग प्रस्ताव गरे । छोरीज्वाईंको भविष्य राम्रो होस् भनेर उनीहरूको हरेक प्रस्ताव मुक्तिले स्विकार गरे । जग्गा फिर्ता गर्ने सर्तमा २०६५ सालमा इन्द्रदेव साहको नाममा डेढबिगाहा जग्गा रजिष्ट्रेशन पास गरिदिए । त्यसबेला मुक्तिनाथका दुई छोरा वैदेशिक रोजगारको क्रममा मलेसिया पुगेका थिए भने अर्को छोरा भारतको बाबा धाम तिर्थ यात्रामा निस्केका थिए । घरमा कोही नभएको मौका छोपेर ज्वाइँ रामकुमार साह ससुरालाई ललाई फकाई जग्गा रजिष्ट्रेशन पास गराएको सालो गणेश नारायणको भनाई छ । १० वर्ष वैदेशिक रोजगारबाट घर फर्केका रामकुमार मुक्तिनाथको एक मात्रै छोरी रितादेवीसँग् विवाह गरेका हुन् । विवाहपश्चात् उनी घरमै बसेर केही समय स्थानीयलाई विदेश पठाउने एजेण्टको रुपमा काम गरे । थुप्रै मान्छेहरूलाई वैदेशिक रोजगारमा पठाएर ठगेका छन् ।
यसरी भयो जानकारी:
पाँच वर्षपछि मलेसियाबाट घर फर्केका मुक्तिनाथका दुई छोरा हेमन्दर र जितेन्दर र घरमै रहेका गणेशले स्वदेशमै केही बिजनेस गर्ने सोचे । यसका लागि बुबाको नाममा रहेको जग्गा बैंकमा राखेर ऋण उठाउने प्लान बनायो । त्यसपछि तीनैभाई बुबालाई यो प्रस्ताव राखे । उनीहरूसँग प्रस्ताव राखेपछि बुवाले भने, ‘जग्गा ज्वाइँको नाममा पास गरिसकेको छु ।’ यति भनेपछि उनीहरु छाँगाबाट खसेझैं भए । त्यसपछि जग्गाको बारेमा खोजबिन सुरु हुन थाल्यो । विस्तारै घरायसी विवादहरु पनि शुरु भयो । स्थानीय जनप्रतिनिधि र समाजका भद्रभलादमी सहितको ‘कचहरी’ बस्यो । छलफलको क्रममा रामकुमारले भने, माईलो सालो गणेशनारायणसँग आफ्नो लेनदेन बाँकी रहेको बताए । सबै जनाको उपस्थिति रहेको बैठकले पैसा फिर्ता गरेपछि जग्गा पनि फिर्ता गर्नुपर्ने निश्कर्ष निकाले ।
मुक्तिनाथका माइलो छोरा गणेशनारायण भन्छन्, ‘घरखर्च चलाउन भिनाजुसँग लिएको पैसा कमल यादवमार्फत एक लाख ९५ हजार, तीनपटकमा चार लाख २५ हजार सन्तोष ठाकुरमार्फत, एक लाख ९५ हजार कौशल राममार्फत, एक लाख ५० हजार गरी आठ लाख ६५ हजार रुपैयाँ बुझाइसकेको बताए । तर पनि भिनाजुले जग्गा पास गरेको इन्द्रदेव साहले फिर्ता गरेको छैन । इन्द्रदेवले भने, बाँकी रहेको थप २० लाख नदिएसम्म जग्गा फिर्ता नगर्ने बताए । पैसा बुझाउँदा बुझाउँदै पुरै परिवार मान्सिक तनावमा परेपछि पीडित परिवारले जिल्ला प्रशासन कार्यालय, सिरहामा हालै मीटरब्याजीको उजुरी दर्ता गराएका छन् । २४ कठ्ठा जग्गामध्ये १५ कठ्ठा भिनाजु र ईन्द्रदेवले अर्कैलाई बेचिसकेको गणेशले बताए । उनले थपे, बुबा दिनानुदिन चिन्ताले रोगी हुनुभयो । मान्सिक अवस्था कम्जोर हुँदै गयो । उपचारको क्रममा ६१ वर्षकै उमेरमा मृत्युको शिकार हुनु भयो । यसको पापको भागिदार उनीहरु सबै बन्ने निश्चित छ ।
को हुन रामकुमार, इन्द्रदेव, कौशल, कमल र नारायण:
रामकुमार साह मुक्तिनाथको ज्वाईं हुन् । उसको घर सप्तरी खड्क नपा कल्याणपुर हो । तर लहान नपा ७, मा पसल थापेर बसेका छन् । उनी एक चौधरी महिलासँग ‘लिभिङ्ग टुगेदर’ मा बसेको कुरा पनि बाहिर आएको छ । इन्द्रदेव साह मिर्चैया नपाका मिटरब्याजी महा चर्चित ठग हुन् । यो प्रहरी प्रशासन दाबी पनि छ । नेपाल लाइफ ईन्स्योरेन्सको एजेण्टका रुपमा उनले सयौंलाई ठगेको स्थानीयको आरोप छ । चरणबद्ध रुपमा पैसा बुझाएका कौशल राम, कमल यादव र नारायण साह लगायतका यिनीहरू सिरहा जिल्लाका नामी ठगहरु हुन् । जग्गा दलालीको नाममा मान्छे ठग्ने, आफ्नो नाउमा सम्पत्ति नराखेर अरुसँग कपाली तमसुक बनाएर पैसा उठाउँदै हिँड्ने, तालपरे परिवारसँग अन्सबणडा र सम्बन्धविच्छेद गरेर पनि कम्जोर कानुन प्रयोग गरेर अरुको सम्पत्ति पचाउँदै हिड्ने गिरोह हो ।
यो ग्रुपले थुप्रैलाई पिडित बनाएको छ । उनीहरुको बारेमा थाहा नभएका सोझा सिधा नयाँ मान्छेहरुसँग साथीसँगत जोड्ने, मीत लाउने, प्रलोभनमा पार्ने जस्ता ठगीक घटनाहरु पनि छन् । लहान बजारमा थुप्रै मान्छेहरूलाई यो गिरोहले प्रहरी पालेर बिल्लीबाँठ बनाएकाछन् । उनीहरूको ब्यक्तिगत केही घटना विवरणहरु भएतानि स्थिति अनुसार थप अनुसन्धानपछि फ्लोप समाचारमा सार्वजनिक गरिनेछ । प्रहरी श्रोतका अनुसार, उजुरीमा लगाइएको आरोपहरु पुष्टि हुनासाथ उनीहरु सबै पक्राउ पर्नेछन् ।’ यस विषयमा जनआस्था सम्वाददाताले प्रतिक्रिया लिन खोज्दा दुवैको फोन उठेन ।(स्रोत-जनआस्था र सजिलो लगायत अनलाई बाट साभार)

