वि.सं.२०८३ मंसिर ९ मंगलवार
Shivam
Dish Home Long Ad
TaTa
सञ्चारमन्त्री शर्मासँग यसरी जुनसुकै ठाउँबाट भर्चुअल संवादमा सजिलो

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सजिलो भएको छ।

मन्त्रालयबाट हुने कार्य सम्पादन प्रभावकारी बनाउन नागरिकका सुझाव र गुनासा सहज रूपमा सुन्न यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। जसका लागि मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ प्लेटफर्म थप गरिएको छ।

यसले देशका जुनसुकै कुनाबाट पनि नागरिकका गुनासा र सुझाव सहजै प्राप्त गर्न सकिने मन्त्रालयको विश्वास छ।

‘मन्त्रालयमा दैनिक भेट गर्न आउनेहरूको चाप धेरै छ, जसमा अधिकांशले अत्यावश्यकीय तर सानासाना गुुनासो लिएर आएका हुन्छन्’, मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले भने, ‘त्यस्तो गुनासो सेवाग्राहीले अनलाइनबाट पठाउन सकून् र मन्त्रालय नपुगेर पनि देशका जुनसुकै कुनाबाट गुनासो र सुझाव दिन सकून् भनेर यो प्लेटफर्मको व्यवस्था गरिएको हो।

मन्त्रीको सञ्चार सचिवालयबाट सम्बन्धित निकायसँग समन्वय गरी जिज्ञासाको सम्बोधन साप्ताहिक रूपमा गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। ‘सकेसम्म त्यस्ता सुझाव वा गुनासा मन्त्रालयसँगै केन्द्रित रहेर आएमा सम्बोधन गर्न सजिलो हुनेछ’, प्रवक्ता सुवेदी भने, ‘मन्त्री सरकारको प्रवक्ता पनि भएकाले सिंगो सरकारसँग जोडिएका नीतिगत सुझाव पनि दिन सकिने छ।

Agni

सम्बन्धित खवर