वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
संसद्को अवरोध खुलाउन सभामुखले थाले छलफल
Prabhu Bank AD

 

काठमाडौं । संसद्को अवरोध खुलाउन सभामुखले केही बेरमा बानेश्वरमा संसद्‌मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन्।

नेकपा एमालेलगायत प्रतिपक्षी दलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा गएर अतिक्रमित भूमि साटफेर गर्न सकिने अभिव्यक्ति दिएको विरोधमा नाराबाजी गरेपछि आइतबार सुरु हुनासाथ दुवै सदनका बैठक स्थगन भए। उक्त बैठक पुनः आज राख्ने तयारी छ।

तर प्रतिपक्षी दलले आफ्नो अडान कायमै राखेकाले आज संसद् चल्ने सम्भावना नदेखिएपछि सभामुख देवराज घिमिरले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले पनि आज संसद् बैठकको सुरुमै आफ्नो अभिव्यक्तिबारे प्रस्टीकरण दिने बताएका छन्।

Prabhu Bank AD

सम्बन्धित खवर