वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
डिसहोम बन्यो आईएसओ गुणस्तर चिह्न प्राप्त गर्ने इन्टरनेट कम्पनी
Prabhu Bank AD

काठमाडौं। नेपालमा आईएसओ सेवा प्रदान गरि रहेको डिस मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आईएसओ प्रमाणीकरण प्राप्त गरेको छ । Americo quality standards registechले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मूल्यांकन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरीक्षण गरी डिस मिडिया नेटवर्कलाई ISO 9001:2015  प्रदान गरेको हो ।

स्याटेलाइट टेलिभिजनमार्फत नेपालको कुना काप्चामा गुणस्तरिय सेवा प्रदान गरि रहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा संचालन गरिरहेको छ । यस्तै हाल सालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि संचालनमा ल्याएको छ ।

नेपालको पेटिभी इन्डस्ट्रीमा आमूल परिवर्तन ल्याउन सफल रहेको डिसहोमले आफ्नो ग्राहकहरू उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मुल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवालाई अझ सहज बनाउन देशैभरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र संचालन गरिरहेको छ ।

उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्यसम्पादनको कारणले गर्दा नै कम्पनीले आईएसओ प्रमाणीकरण प्राप्त गर्न सफल भएको छ । अबको दिनमा कम्पनीले अझै समय अनुसारको प्रविधि प्रयोग गरि कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवालाई थप गुणस्तरीय र ग्राहक सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने कम्पनीले जनाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर