वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
९ हजारभन्दा बढी अफगानहरूद्वारा ईयुमा शरणका लागि आवेदन
Prabhu Bank AD

काबुल । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन दिएका छन् । खामा प्रेसकाअनुसार यसरी शरण आवेदनहरू दिने एकै महिनाको यो आकँडा उच्च हो। युरोपेली जनगणना ब्युरोका अनुसार चालु वर्षको शुरुमा युरोपेली संघका सदस्य राष्ट्रहरूमा शरणार्थीको चासो गत वर्षको तुलनामा ४० प्रतिशतले बढेको छ।

बिहीबार मासिक प्रतिवेदन सार्वजनिक गर्दै युरोपेली जनगणना ब्युरोले फेब्रुअरीमा मात्रै ७६ हजार ५०० व्यक्तिले ईयुमा शरणका लागि आवेदन बुझाएका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको देखिएको छ । उपलब्ध तथ्याङ्कका आधारमा गत वर्षको फेब्रुअरीमा शरणका लागि आवेदन दिनेको प्रारम्भिक सङ्ख्या ५४,३७० रहेको थियो । तथ्याङ्क अनुसार सिरियाली र अफगानिस्तानहरू पछिल्ला वर्षहरूमा इयु सदस्य राष्ट्रहरूमा शरण खोज्नेहरूको सबैभन्दा ठूलो समूह हो।

त्यसैगरी शरण आवेदनको ७७ प्रतिशत स्पेनमामा मात्र केन्द्रित छ भने जर्मनी, फ्रान्स र इटाली क्रमशः परेका रोजाइमा छन् । खामा प्रेसका अनुसार जर्मनीले मात्रै फेब्रुअरीमा २५,००० भन्दा बढी आवेदनहरू प्राप्त गरेको छ । युरोपेली सङ्घको तथ्याङ्कअनुसार नयाँ शरणार्थीहरूमध्ये २,७४५ अभिभावक विहीन नाबालिग छन् भने १,०२५ अफगान नागरिक छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर