वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
यसकारण विश्व बैंकबाट १५ अर्ब ८० करोड ऋण लिने सरकारको निर्णय
Prabhu Bank AD

 

काठमाडौं । सरकारले विश्व बैंकबाट १५ अर्ब ८० करोड रुपैयाँ ऋण लिने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्‌ बैठकले विश्व बैंकबाट १२ करोड अमेरिकी डलर (१५ अर्ब ८० करोड रुपैयाँ) अमेरिकी डलर ऋण सहयता स्वीकार गर्ने निर्णय गरेको हो। सरकारले उक्त ऋण विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि लिन लागेको हो।

यसैगरी मन्त्रिपरिषद्ले अमेरिकाले शिक्षा आयोजनाका लागि १ करोड ७० लाख (२ अर्ब ५९ करोड रुपैयाँ) अमेरिकी डलर सहायता स्वीकृत गरेको छ।

जापानले मानव संशोधन विकास छात्रवृत्तिका लागि दिने ४१ करोड अनुदान पनि मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ।

यसैगरी अर्थले पेस गरेको भन्सार महसुल विधेयकका लागि सैद्धान्तिक स्वीकृति गर्ने, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने र असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय मन्त्रिपरिषद्‌ बैठकले गरेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर