वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
संसदभित्रै सांसद अमरेशकुमार सिंह किन अर्धनग्न बने ?
Prabhu Bank AD

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद्‌मा कपडा खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका छन् । विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएको उनले बताएका छन् ।

सोमबार दिउँसो भएको बैठकमा सांसदहरूलाई बोल्न विशेष समय नछुट्याएपछि केही सांसद उठेर विरोध जनाएका थिए । सिंहले उठेकै क्रममा लगाइराखेको कपडा खोलेर विरोध जनाएका थिए ।

उनले कपडा खोलेपछि सभामुख घिमिरेले पटकपटक उनलाई सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिए । सांसद सिंहको उक्त व्यवहारपछि नेकपा एमालेका सांसद अच्युत मैनालीले उनको स्वास्थ्य जाँचको माग गरे भने केही सांसदहरुले उनीमाथि कारबाही हुनुपर्ने माग गरेका थिए ।
सभामुखको चेतावनी दिएपछि कपडा लगाएर आफ्नो ठाउँमा बसेपछि संसदको नियमित बैठक अघि बढेको छ । तर सांसद सिंह भने अहिले बैठकस्थलबाट बाहिरिसकेका छन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर