वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
हतियार खरिदसम्बन्धी कुनै निर्णय नभएको रक्षामन्त्रीको भनाइ
Prabhu Bank AD

 

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफू रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट सेनाको हतियार खरिदसम्बन्धी कुनै निर्णय नभएको स्पष्टीकरण दिएका छन्।

केही सञ्चारमाध्यममा आफ्नो नामसमेत जोडेर नेपाली सेनाको हतियार खरिदसम्बन्धी विभिन्न खालका समाचार आइरहेको भन्दै रक्षामन्त्री खड्काले सोमबार बिहान सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्।

‘केही दिनदेखि मेरो नामसमेत जोडेर केही सञ्चारमाध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, रक्षामन्त्री खड्काले भनेका छन्, ‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिदसम्बन्धी कुनै निर्णय नभएको कुरा सबैमा प्रस्ट पार्न चाहन्छु।’

Prabhu Bank AD

सम्बन्धित खवर