काठमाडौं। विराटनगरमा अवैध ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको । प्रहरीले सुन र नगदसहित कारोबारमा संलग्न भारतीय नागरिक दुई जनालाई पनि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारका छन् । विनोद मुरारका विराटनगरको केएल दुगड समूहका लेखापाल हुन् । पुष्पा भने नेपाली नागरिक हुन् । उनीहरूको साथबाट ८ किलो चाँदी पनि बरामद भएको छ । प्रहरीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो।
को. २ च १४९५ नम्बरको कारमा भारत लैजाने प्रयास गर्दा उनीहरू पक्राउ परेका हुन्। बरामद सुन र चाँदीको मूल्य ९० लाख बराबरको रहेको छ । कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले दिएको जानकारीअनुसार थप अनुसन्धान भइरहेको छ।

