वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
रास्वपाले समर्थन फिर्ता लिएपनि सरकार ढल्दैन
Prabhu Bank AD

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन फिर्ता लिँदैमा सरकार नढल्ने दाबी गरेका छन् ।

शनिबार संवाद डबलीले गरेको कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने बताएका हुन् । उपाध्यक्ष महराले सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको बताए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नहुने भन्ने आएपछि सरकार के हुन्छ त भन्ने जिज्ञासा हुन सक्दछ । यस विषयमा सामान्यतः सरकारलाई सहयोग गरेको पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने हुन्छ । तर सरकारसँग रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी नभएपनि पर्याप्त बहुमत छ’ उनले भने, ‘त्यसकारणले सरकार टिक्छ । सरकार यथावत रहन्छ । र, विश्वासको मत पनि जित्छ भन्ने आधार छ ।

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार सरकारमा नजाने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।

उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरु प्रयासरत रहेको समेत बताए । त्यसका लागि नेकपा ९समाजवादी पार्टी०, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासहितका ६ वटा राजनीतिक पार्टीसँगको छलफल जारी रहेको उनले बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर