वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
यसरी कपनकी निराको हत्यारा पत्तालाग्यो
Prabhu Bank AD

 

काठमाडौँ । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गरिरहेकी निरा पाण्डे आचार्यको दिनदहाडै हत्या गर्ने झापा धुलाबारीका विनोद विक पक्राउ परेका छन् । उनले निरा पाण्डेको हत्या चोरी गर्ने उद्देश्यले गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले दाबी गरेको छ ।

शनिबार बेलुका झापाबाट पक्राउ परेका विकलाई निरु हत्या प्रकरणमा गठित प्रहरीको उच्चस्तरीय अनुसन्धान समितिले आइतबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार जडिबुटीमा साथीको कोठामा बसेका विनोद वैशाख ७ गते दिउँसो सरस्वतीनगरस्थित निरुको पसलमा भाँडा किन्ने बाहनामा छिरेका थिए । निरुले उनलाई भाँडा देखाउने क्रममा उनलाई पछाडिबाट छुरा प्रहार गरी ढालेको र उनको हत्या गरी उनले लगाएको सुनका गरगहना र पसलमा भएको नगद लिएर त्यहाँबाट भागेको खुलेको छ । प्रहरीका अनुसार उनले चोरी गरेका सुनका गहना बिक्री गरेको पनि देखिएको छ । उनले हत्याका बेला लगाएका कपडा, झोला र जुत्तालगायत सामाग्रीहरु समेत भेटिएका छन् ।

निरा हत्याको एक साता बित्दा पनि दोषी पक्राउ गर्न नसकेपछि प्रहरीले १५ वैशाखमा एआईजी किरण बज्राचार्यको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला प्रहरीसमेत सम्मिलित ८ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर