वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
अनुमति नलिने बालगृहलाई किन कारबाही गर्ने चेतावनी ?
Prabhu Bank AD

 

राष्ट्रिय बालअधिकार परिषद्ले अनुमति नलिई सञ्चालन भएका बालगृहलाई कारबाही गर्ने चेतावनी दिएको छ।

परिषद्ले बुधबार सूचना प्रकाशित गरी बालगृह सञ्चालनका लागि अनुमति लिन आग्रह गरेको छ। अहिले सञ्चालनमा रहेका बालगृहलाई पनि अनुमतिका लागि निवेदन पेश गर्न सूचित गराएको छ।

यसका लागि परिषद्ले आगामी जेठ ४ गतेसम्मको समय दिएको छ। आवश्यक मापदण्ड पूरा गरेका बालगृहलाई सञ्चालन अनुमति दिने व्यवस्था रहेको छ।

परिषद्ले यसअघि अघिल्लो वर्ष पुस २१ गतेको सूचना मार्फत सूचित गरे पनि अझैसम्म सबै बालगृहबाट निवेदन प्राप्त हुन नसकेको हुँदा पुनः सूचना प्रकाशन गरेको हो।

परिषद्बाट प्रकाशित सूचनामा अनुमति नलिई बालगृह सञ्चालन गरेको पाइएमा त्यस्ता बालगृहलाई कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने जनाइएको छ। परिषद्ले सम्बन्धित स्थानीय तह तथा बालबालिकाका विषय हेर्ने प्रदेश मन्त्रालयलाई आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका बालगृहलाई जानकारी गराउन पनि भनिएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर