वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
१०० वर्षको उमेरमा पनि सक्रिय डा. होवर्डका ५ स्वास्थ्य टिप्स
Prabhu Bank AD

 

एजेन्सी । डा. होवर्ड टकर सन् १९२२ मा अमेरिकामा जन्मिएका हुन्। त्यतिबेला अमेरिकामा पुरुषको औसत आयु ५८ वर्ष र महिलाको ६१ वर्ष थियो। डा. टकर १०० वर्ष नाघिसके तर अहिले पनि सक्रिय रूपमा चिकिन्सा अभ्यास गरिरहेका छन्। उनी मेडिकल डाक्टर र नसा रोग विशेषज्ञका रूपमा सक्रिय छन्।

उपचार लिन आउने बिरामीले खुशी, शारीरिक र मानसिक स्वास्थ्यको सन्तुलन कसरी काय गर्ने भनेर उनलाई सोध्ने गर्छन्। उनले राम्रो जीन र थोरबहुत भाग्यले आफूलाई साथ दिइरहेको बताउने गर्छन्। उनले अमेरिकी पत्रिका सीएनबीसीमार्फत एक शताब्दीसम्म आफूले अपनाएको जीवनशैली र स्वस्थ रहने टिप्स साटेका छन्। स्वस्थ जीवन बाँच्नका लागि उनले जीवनभर यस्ता काम कहिल्यै गरेनन्स्

१. मैले अवकाश लिएर दिन गुजारिनँ

मैलै विगत ७५ वर्षदेखि काम गरिरहेको छु। साथै, लामो समयसम्म सक्रिय रहने डाक्टरका रूपमा मैले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाइसकेको छु। ६५ वर्षदेखि मेरी श्रीमतीका रूपमा रहेकी साराले पनि ८९ वर्षको उमेरमा साइकोएनालिसिस र साइक्याट्रिकका रूपमा काम गरिरहेकी छिन्।

कोभिड महामारीका बेला पनि मैले सातामा पाँचरछ दिन बिरामीको सेवा गरेँ। काम नगर्दाका बेला म आफ्ना चार जना छोराछोरी र १० जना नातिनातिनासँग हिउँ खेल्ने र खेलहरू हेरेर समय बिताउँछु।

यदि तपाईं अहिले पनि काममा रमाइरहनुभएको छ भने ढिला अवकाश लिनुहोस्। चाँडै अवकाश लिने अधिकांश मानिसहरू दैनिक जीवनमा निष्क्रिय हुन्छन् र स्मरण शक्ति कमजोर हुने जोखिममा रहन्छन्।

२. मैले शरीरलाई सधैँ सन्तुलनमा राखेँ
८० वर्षको उमेरसम्म पनि स्विमिङ, जगिङ, हाइकिङ र स्किइङलाई निरन्तरता दिएकाले बलियो र स्वस्थ हुन मद्दत मिलेको हो। केबल दैनिक १५ मिनेट बाहिर हिँड्नाले अकाल मृत्युलाई २५ प्रतिशतसम्म रोक्ने अध्ययनहरूले देखाएका छन्।

३. चुरोट खाँदिनँ
सन् १९३० को दशकमा म उच्च माध्यमिक तहमा हुँदा खेरी मैले चुरोट खान चाहन्छु भनेर बुबालाई भनेको थिएँ तर बुबाले, ‘सफा हावा नखाएर आफ्नो फोक्सोलाई कसले चुरोटले भर्छ। यति छोटो जीवन छ’ भन्नुभएको थियो। त्यसपछि तत्कालै सुर्ती खाने रहर र उत्साह मरेको थियो।

त्यतिबेला मेडिकलका बैठकहरूमा सहभागी हुँदा चुरोट उडाउँदै गरेका केही डाक्टरहरूले बिरामीलाई चुरोट खाएमा खाना कम खान मन लाग्छ, आनन्द मिल्छ भन्दै सल्लाह दिने गर्थे। तर अहिले हामीलाई थाहा छ चुरोटले क्यान्सरको जोखिम हुन्छ, धमनी, मुटु र फोक्सोसम्बन्धी रोग लाग्छ।

४. आफूलाई प्रतिबन्ध लगाउँदिनँ
मध्यस्थताले हामीलाई जीवन पूर्ण रूपमा बाँच्न र कुनै कुरामा आफूलाई नियन्त्रण गर्न मद्दत गर्छ। यसले लामो समयसम्म हाम्रो स्वास्थ्यमा प्रभाव पार्छ। कहिलेकाहीँ मार्टिनी र मासु खाने गर्छु। तर सधैँ होइन। घरमा पनि खानाको मात्रा मिलाएर खाने गर्छौं। हरेक खानामा सलाद र हरियो साग, ब्रोकाउली र टुसा पलाएका गेडागुडी हुने गर्छन्।

लामो जीवन बाँच्नुका लागि वास्तवमा कुनै खास सूत्र हुँदैन। हामी बाँच्छौँ र मर्छौँ तर हामीसँग भएको समयलाई सदुपयोग गर्नुपर्छ।

५. मेरो ज्ञानलाई खेर जान दिन्नँ
न्युरोलोजीको अभ्यासमा सात दशक बिताउने क्रममा मैले चिरफारदेखि अहिलेको कम्प्युटराइज्ड इमेजिङ प्रविधिसम्म औषधिहरू विकसित भएको देखेको छु। आफ्ना विद्यार्थीहरूलाई पढाउँदा निकै रमाउँछु र उनीहरूबाट पनि धेरै कुरा सिक्छु।

यस्तै, मेरो जीवनको एक डकुमेन्ट्रीमा पनि भाग लिइरहेको छु। आफ्नो जीवनको लामो अनुभवको कथा नयाँ पुस्तालाई सुनाउनु आनन्दमय पनि छ।

Prabhu Bank AD

सम्बन्धित खवर