काठमाडौं । आजदिउँसो हवाई मार्ग हुँदै उनी चितवन पुगेका हुन् । बुद्ध एयरको बिएचए ३५९ उडानबाट लामिछाने दिउँसो पौने १ बजे काठमाडौँबाट भरतपुरका लागि प्रस्थान गरेको बताइएको छ ।
लामिछाने बैशाख १० गते हुने उपचुनावमा चितवन क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका छन् । उनको पार्टीले तनहुँ(१ र बारा(२ मा पनि उम्मेदवार उठाएको छ । अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रमा भोट माग्न खटिएका उनी तनहुँ र बारामा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्न पुग्ने गरेका थिए ।
हिजो मध्यरातिबाट मौन अवधि शुरु भएपछि चुनाव प्रचार प्रसार गर्न रोक लगाइएको छ । त्यसपछि काठमाडौँ आएका लामिछाने आजै भरतपुर फर्किएका हुन् ।

