वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
पूर्व उपराष्ट्रपतिदेखि पूर्वमन्त्रीहरुसँग समेत विदेशी नागरिकता रहेको भन्दै छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
Prabhu Bank AD

काठमाडौं । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले पूर्वउपराष्ट्रपतिदेखि पूर्वमन्त्रीहरुसँग् समेत विदेशी नागरिकता रहेको भन्दै नागरिकताको सक्कलप्रति झिकाई छानबिन गरी हदैसम्मको कारबाही गरी पाउँ भन्दै गृहमन्त्रालयमा उजुरी दिएका छन् ।

उनले गृहमन्त्रालयमा दिएको उजुरी पत्रमा पूर्वउपराष्ट्रपति परमानन्द झा, लोसपाका नेता राजेन्द्र महतो, सरिता गिरी, कांग्रेस नेताहरु देवेन्द्रराज कडेल, डा.मिनेन्द्र रिजाल, डा.नारायण खड्का, दिलेन्द्रप्रसाद बडु, तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपनिर्वाचनका उम्मेदवार बनेका डा.स्वर्णिम वाग्ले, माओवादी केन्द्रकी नेतृ तथा प्रधानमन्त्री प्रचण्डकी छारी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पाठक, अर्को छोरी गंगा दाहाल प्रधानसँग विदेशी नागरिकता एवम् पिआर, ग्रिनकार्ड रहेको सार्वजनिक प्रश्न उठेकोले उनीहरुको नागरिकताको सक्कल झिकाई छानबिन गर्न माग गरिएको छ ।

गृहमन्त्रालयमा यस्तो उजुरी दर्ता गरिएपछि कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले युवराज सफलले आफ्नो चरित्र हत्या गरेको भन्दै उनलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । उनले संसदमा यो विषय उठाउँदै यस्तो माग गरेका हुन् ।

Prabhu Bank AD

सम्बन्धित खवर