वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
कार दुर्घटना हुदा ४ जनाको मृत्यु
Prabhu Bank AD

 

 

काठमाडौं । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ ।

मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

उनका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा एक जना पुरुष घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल पठाइएको डीएसपी दाहालले बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर