वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
अमेरिकाको बैंकमा गोली हानाहान हुदा ५ जनाको मृत्यु, ८ जना घाइते
Prabhu Bank AD

अमेरिकाको केन्टकी सहरको एक बैंकमा गोली हानाहान हुदा  एक बन्दुकधारी र कम्तीमा ५ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये ४ जना बै‌ंकका कर्मचारी रहेका छन् ।

प्रहरीका अनुसार एक प्रहरीसहित आठ जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । सोमबार बिहान पुरानो नेशनल बैंकमा प्रहरी अधिकारीसँगको भिडन्तमा संदिग्धको मृत्यु भएको हो ।

उक्त व्यक्ति बैंकका पूर्व कर्मचारी हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय समय अनुसार बिहान साढे ८ बजे गोली चलेको जानकारी प्राप्त भएको थियो । करिब तीन मिनेटपछि प्रहरी त्यहाँ पुगेपछि प्रहरी र अभियुक्तबीच गोली हानाहान भएको थियो ।

यद्यपी आक्रमणकारीको मृत्यु प्रहरीको गोलीबाट भएको हो वा उनले आफैलाई गोली हानेको हो भन्ने पुष्टि हुन सकेको छैन ।

Prabhu Bank AD

सम्बन्धित खवर