वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
मेयर बालेन्द्रलाई उपप्रधानमन्त्री श्रेष्ठको जवाफ
Prabhu Bank AD

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्रीय सरकारले आफूलाई सहयोग नगरेको भनेर लगाएको आरोपको खण्डन गरेका छन्।आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठसँग आफूले भेटवार्ता गरिरहेको तस्बिरसहित आफ्नो अभियानमा सिंहदरबारको सरकारले सहयोग नगरेको आरोप लगाएका थिए

उक्त विषयमा उपप्रधानमन्त्री श्रेष्ठले चितवनमा पत्रकारसँग कुरा गर्दै आफूहरू स्थानीय सरकारलाई सहयोग गर्न प्रतिबद्ध रहेको तर गर्न लागिएको कामको औचित्य पुष्टि हुनेखालको तथ्य दिनुपर्ने टिप्पणी गरेका हुन्।

काठमाडौँ महानगरका मेयरका बारेमा म अहिले व्यक्तिगत रूपमा कुनै टिप्पणी गर्न चाहन्नँ। तर कुरो के हो भने संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न, मद्दत गर्न प्रतिबद्ध छ’, उनले भने, ‘तर त्यसो भनेको अर्थचाहिँ स्थानीय सरकार वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्रै गर्ने जानकारी दिएर मात्र त हुँदैन।’

महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? अझ सार्वजनिक रूपमा सामाजिक सञ्जालमार्फत त्यसो भन्न मिल्छ कि मिल्दैन ? यल्ले महानगरपालिका स्वयं मेयरलाई कुन ठाउँमा समाजको अगाडि प्रस्तुत गर्छ भन्ने कुरा उहाँले सोच्नुपर्छ।

म धेरै टिप्पणी गर्न चाहन्नँ, समन्वय भनेको चाहिँ स्थानीय सरकारले वा अर्को कुनै सरकारले अर्को सरकारलाई यसो गर्दिनूस् भन्नेलाई समन्वय भनिँदैन। समन्वय भनेको त यो प्रोब्लम छ, यो प्रोब्लमलाई यसरी हल गर्ने सोचिएको छ, यसरी हल गर्नु यसकारणले उचित छ भनेरचाहिँ पुष्टि हुनेगरी हाम्रो समन्वय हुने कुरा हुन्छ, अनि त्यसपछि चाहिँ आवश्यक सहयोग गर्ने कुराहरू हुन्छ। सहयोग गर्ने कुरामा चाहिँ हामीमा कुनै दुविधा छैन। तर त्योचाहिँ औचित्य पुष्टि हुने गरेर समझदारीमा समन्वय हुन्छ।

काठमाडौँ महानगरका मेयरका बारेमा म अहिले व्यक्तिगत रूपमा कुनै टिप्पणी गर्न चाहन्नँ। तर कुरो के हो भने संघीय सरकार तर कुरो के हो भने संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न, मद्दत गर्न प्रतिबद्ध छ। तर त्यसो भनेको अर्थचाहिँ स्थानीय सरकार वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्रै गर्ने जानकार दिएर मात्र त हुँदैन।

यसबारे मैले महानगरका मेयरलाई प्रस्ट भनेको छु– तपाईंले गर्न खोजेको कामले औचित्य पुष्टि हुनेगरी तथ्यमामा उभिने अलिकति निष्कर्षमा त पुग्नपर्यो नि त१ तपाईंले मात्र गर्न सक्ने केही काम छ भने तपाईंको अधिकार क्षेत्रमा केही हस्तक्षेप गर्दैनौँ। तर तपाईंले संघीय सरकार वा प्रदेश सरकारको संलग्नता वा सहयोग चाहिएको छ भने त्यो कुराचाहिँ हामीले गर्ने प्रक्रिया अघि बढ्दाखेरि त्यो तथ्यसम्मत छ यो ठीक छ भन्ने कुरा हामी कन्भिन्स हुनेगरी तपाईंले तथ्य त राख्नपर्यो नि१ त्यो प्रक्रियामा मात्रै हामीले उहाँसँग अपेक्षा गर्ने हो। अरू उहाँले नै गर्ने काम उहाँले गर्नुहुन्छ, ठीक छ, हामीले सहयोग गर्ने कुरामा चाहिँ औचित्य पुष्टि गर्ने गरी उहाँले तथ्य दिनुपर्छ। र, त्यसबारेमा समय लिएर सुविचारित रूपले स्टेप चाल्नुपर्छ भन्ने मात्रै हाम्रो कुरा हो।

 

Prabhu Bank AD

सम्बन्धित खवर