वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
पोखरामा विद्यालय आ‍फैले किताब बेच्न नपाउने
Prabhu Bank AD

काठमाडौं । विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि पोखरा महानगरपालिकाले विद्यालय आफैले किताब बेच्न नपाउने निर्णय गरेको छ।

नगर शिक्षा परिषद् र नगर शिक्षा समितिको संयुक्त बैठकले महानगरपालिकाले विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री–वितरण गर्न रोक लगाएको हो।

यस्तै महानगरले कक्षा ११ को भर्नाको लागि अतिरिक्त शैक्षिक कार्यक्रम ब्रिज कोर्सलाई पनि निषेध गरेको छ ।

बैठकले महानगर भित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो निर्णय गरेको मेयर धनराज आचार्यले बताए ।

महानगरले सार्वजनिक गरेको निर्देशिकामा विद्यालय शिक्षा नियमावलीमा उल्लेखित शीर्षकबाहेक एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधिभर भर्ना शुल्कवापत् अधिकतम् २ महिनाभन्दा बढीको शुल्क लिन नपाइने, शैक्षिक सत्र २०८० को पठनपाठन वैशाख १० गतेबाट सुरु गर्नुपर्ने निर्णय गरेको छ।

विद्यालय क्षेत्रको सय मिटर दूरीभित्र सूर्ती तथा मदिराजन्य वस्तु बिक्री वितरण गर्न पनि निषेध गरिएको छ। महानगरले विद्यालयहरूले लामो समयसम्म बस संचालन गरेको जनगुनासो सम्बोधनको लागि आउँदो शैक्षिक सत्रबाट विद्यालय सुरु हुनुपूर्व डेढ घण्टा अगाडि मात्र बस सञ्चालन गर्न पाइने नियम बनाएको छ।

निर्देशनमा भनिएको छ स्कुल बसहरू विद्यालय सुरु हुनुभन्दा १ घण्टा ३० मिनेट अगाडीबाट मात्र विद्यार्थी ल्याउने कार्यमा प्रयोग गर्नु पर्नेछ ।

महानगरले २० वर्षभन्दा पुराना सवारी साधन विद्यार्थी बोक्ने काममा प्रयोग गर्न नपाउने निर्णय पनि गरेको छ। जारी निर्देशनहरू परिपालना नभए नियमानुसार कारबाही गरिने महानगरले बताएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर