वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
यसरी मिटरब्याजपीडितको प्रदर्शनमा धरपकड
Prabhu Bank AD

 

काठमाडौँ । काठमाडौंमा आन्दोलनरत मिटरब्याजपीडितहरूको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ । शुक्रबार दिउँसो सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका पीडितहरूलाई प्रहरीले पक्राउ गरेको हो । न्याय नपाएसम्म नफर्किने भन्दै मधेसका विभिन्न २० जिल्लाबाट आएका मिटरब्याज पीडितहरू निरन्तर धर्ना र प्रदर्शनमा छन् ।

बुधबार उनीहरूले सिंहदरबार अगाडि प्रदर्शन गरेका थिए । सोही क्रममा दर्जनौंको संख्यामा पीडित प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रदर्शनको क्रममा पीडितहरूले जाली तमसुक खारेज गर सुदखोरको सम्पत्ति छानबिन गर किसानको भूमि खारेज गर लगायतका नारा लगाएका छन् ।


यसअघि उनीहरूले शान्ति वाटिकादेखि बालुवाटारसम्म पैदलयात्रा गर्दै मजदुर मार्च समेत गरेका थिए । ११ दिनको पैदलयात्रापछि गत साता बर्दिबासबाट हिँडेर काठमाडौं आएका पीडितहरूसँग सरकारले चैत १८ गरेको सहमति पनि फितलो भएको भन्दै दबाब दिन मधेसका पीडितहरू काठमाडौं आएका हुन् ।

Prabhu Bank AD

सम्बन्धित खवर