काठमाडौँ । विपन्न लक्षित छात्रवृत्तिका लागि ३ हजार ५१० जनाको नाम सार्वजनिक गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०७८–७९ का लागि विपन्न लक्षित छात्रवृत्ति पाउने विद्यार्थीहरूको नाम सार्वजनिक गरेको हो ।
४९ जिल्लाका ३ हजार ५१० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति पाउनेमा कतिपयले ६ हजारका दरले पाएका छन् । त्यस्तै केहीले १८ हजार र केहीले २४ हजारका दरले छात्रवृत्ति पाएको केन्द्रले जनाएको छ ।
केन्द्रले आर्थिक अवस्था कमजोर भएका, पिछडिएका, दलित, जनजाति लगायतका विपन्न अवस्थामा रहेका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

