काठमाडौं । नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै जनताले फरक अनुभुति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने पनि उनको भनाइ थियो।
दाहालले सरकारले लगभग पूर्णता पाइसकेको बताउँदै अबको दुई दिनभित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताए।
उनले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताए।
प्रधानमन्त्रीले अब गुणात्मक रुपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाए।
‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतिपूर्ण रुपमा छ। अहिले सरकारले करिव(करिव पूर्णता पाएको छ। आज भोलि, शतप्रतिशत नै पूर्णता प्राप्त गर्छु, उनले भने, ुहाम्रो सबै ध्यान अब सरकारको नीति र बजेट निर्माणमा केन्द्रित हुनेछ। कुन बाटो जाने केन्द्रित हुनेछ। जनताले केही राहत पाउनेगरी यसअघिको पनि बजेट बनाउनु भनेको थिएँ। त्यो महससु गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा छ। यसमा म गम्भीर छु।’
प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने बताएका छन्।

