वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
‘प्रचण्ड र देउवा  देखिने पात्र मात्रै हुन्, सरकार अरुले नै चलाइरहेका छन्’
Prabhu Bank AD

पूर्वी नवलपरासी । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्ण बहादुर महराले नेपालको सत्ता नेपालीले नभएर अरु कसैले संचालन गरिरहेको दाबी गरेका छन् ।
सभामुख र गृहमन्त्रीसमेत भइसकेका महराले शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नेता महराले भनेका छन्, ‘देश अरु कसैले चलाइरहेको छ । प्रचण्ड, ओली र देउवा त पात्र हुन् ।’

तर महराले सत्ता चलाउने त्यो अदृश्य शक्तिबारे खुलेर चर्चा गरेका थिएनन् । ुहुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ, तर पनि हाम्रो बिडम्वना यही हो, जो प्रधानमन्त्री भए पनि हुने यही हो,ु महराले भने ।

यस क्रममा महराले वर्तमान सरकारले शान्ति प्रक्रियाका महत्त्वपूर्ण मुद्दा टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए । उनले लोकतन्त्र र संविधानमाथि अझै खतरा कायम रहेकाले यसको संरक्षणमा लाग्नुपर्ने बताए । ुअझै पनि प्रतिगामीहरु टाउको उठाउन खोज्दैछन्, यसलाई निस्तेज गर्नुपर्छ,ु महराले भने ।

Prabhu Bank AD

सम्बन्धित खवर