वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
सुचना आतंक बन्द गर्न, नारायण परिश्रमी र हुकुमबहादुर लामालाई निशर्त रिहा गर्न माग गर्दै क्रान्तिकारी सुकुम्बासी संघले बुझायो मेयर बालेनलाई ज्ञापन पत्र
Prabhu Bank AD

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी सुकुम्बासी संघका प्रदेश ३ का अध्यक्ष मिनकुमार राना मगरको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।


टोलीले मेयर बालेन्द्र साहसँग भेट नभएपछि उपमेयर सुनिता डंगोलमार्फत् मेयर बालेन्द्र साहलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा विभिन्न पाँच बुँदे माग अगाडि सारिएको छ । २०७९ भदौं ९ गते राष्ट्रिय भूमि आयोग र काठमाडौं महानगरपालिकाबीच भएको कार्यसहमति कार्यान्वयन गर्न, राष्ट्रिय भूमि आयोग, काठमाडौं महानगरपालिका, भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको संयुक्त कमिटि गठन गरी भूमिहीन सुकुम्बासीको वास्तविक अवस्थाको पहिचान गरी व्यवस्थापन गर्न, २०७९ चैत्र ११ गते काठमाडौं महानगरपालिकाले नदी किनारमा बस्दै आएका भूमिहीन सुकुम्बासी बस्ती खाली गराउने सात दिने सूचना तुरुन्त बन्द गर्न, भूमिहीन सुकुम्बासी जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको उचित व्यवस्थापन गर्न, र भूमिहन सुकुम्बासीको आन्दोलनका क्रममा गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएका नारायण परिश्रमी र हुकुमबहादुर लामालाई विना शर्त रिहा गर्न माग गरिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर