वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
भूमि अभियन्ता हुकुमबहादुर लामा र नारायण परियारलाई निशर्त रिहा गर्न मोर्चाको १८ दिनदेखि निरन्तर सडक धर्ना
Prabhu Bank AD

काठमाडौं । भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको लागि विगत लामो समयदेखि आवाज उठाउँदै आएका भूमि अभियन्ताहरुलाई झुठा मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको दबाबमा पक्राउ गरेपछि संयुक्त राष्ट्रिय सुुकुम्बासी मोर्चाले निरन्तर रुपमा सडक धर्नामार्फत् निशर्त रिहाइका लागि निरन्तर दबाब दिइरहेको छ ।

मोर्चाको आयोजनामा १८ दिनदेखि दैनिक रुपमा माइतीघर मण्डलामा सडक धर्ना कार्यक्रमको आयोजना गरिरहेको छ । दैनिक रुपमा उपत्यकाका विभिन्न सुकुम्बासी तथा अव्यवस्थित बस्तीबाट प्रतिनिधिमूलक रुपमा सुकुम्बासी अगुवाहरु माइतीघर मण्डलामा उपस्थित भएर विरोध प्रदर्शन गर्दै भूमि अभियन्ताहरु हुकुम्बहादुर लामा र नारायण परियारको निशर्त रिहाईका लागि सरकारसँग जोडदार माग गरिरहेका छन् ।


माइतीघर मण्डलामा जारी धर्ना आन्दोलनलाई नागरिक अगुवाहरुले पनि ऐक्यबद्धता जाहेर गर्दै आएका छन् । धर्नाको १८ औं दिनमा नागरिक अगुवा तथा चर्चित साहित्यकार खगेन्द्र संगौलाले ऐक्यबद्धता जाहेर गरे भने धर्नाको १६ औं दिनमा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै भूमि अभियन्ताहरुको निशर्त रिहाइको माग गरे ।

झुठा मुद्दामा पक्राउ गरिएका भूमि अभियन्ताहरुलाई रिहा नगरेसम्म आन्दोलन थप सशक्त रुपमा अगाडि बढाइरहने मोर्चाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले विना विकल्प डोजर लगाएर उठिबास लगाउन खोजेपछि सुकुम्बासीहरुले आफ्नो घर टहरा बचाउन प्रतिरोध गरेका थिए । त्यही घटनालाई लिएर झुठा मु्द्दा लगाई महानगरका मेयर बालेन्द्र साहले प्रहरी प्रशासनलाई दबाब दिएर भूमि अभियन्ताहरुलाई पक्राउ गर्न निरन्तर रुपमा दबाब दिंदै आएका थिए ।
मंसिर १२ को थापाथली प्रकरणमा चौतर्फी रुपमा मेयर बालेन्द्र साहको विरोध हुँदै आएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर