वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
Prabhu Bank AD

‘कोशी’ खारेजी आन्दोलनमा प्रहरीको कुटाइबाट घाइने पदम लिम्बूको निधन, आन्दोलन थप चर्कदै

काठमाडौ । प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै भएको आन्दोलनमा सहभागी हुने क्रममा घाइते भएका पहिचानवादी नेता पदम लिम्बू ‘लाजेहाङ’ को निधन भएको छ।

प्रदेशको नाम ‘कोशी’ हटाउनुपर्ने माग राखी यही चैत ५ गते विराटनगरमा भएको विरोध प्रदर्शनमा प्रहरीको कुटाइबाट घाइते लाजेहाङको उपचारका क्रममा चैत १० गते बिहान धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा निधन भएको हो।

विराटनगरमा भएको जनप्रर्दशनका क्रममा निषेधाज्ञा तोडेर अगाडि बढेपछि सशस्त्र प्रहरीले लाठीचार्ज गर्दा उनी घाइते भएको प्रदेश नम्बर १ पुन: नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ। बीपी प्रतिष्ठानको आईसीयूमा उपचारत लिम्बूको थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौँ लाने तयारी भइरहेका बेला निधन भएको संघर्ष समितिले जनाएको छ।

धरान–१५ का पदम लिम्बूलाई सहिद घोषणा गर्न माग गरिएको छ। संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गरी भनेको छ, ‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढंगले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनु पर्दछ।’ लिम्बु हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न माग गरिएको छ।

४२ वर्षीय लाजेहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टिएरका केन्द्रीय सह(कमान्डर थिए । ४२ वर्षीय लाजेहाङ २०५२ सालदेखि लिम्बुवान आन्दोलनमा सक्रिय थिए।

लाजेहाङको शव बीपी प्रतिष्ठानको शव गृहमा राखिएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष अमर इजमका अनुसार उनको अन्तिम संस्कार परिवार तथा पार्टीको निर्णयअनुसार गरिनेछ। प्रदेशको नाम ‘कोशी’ राखिएकोप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले गरेको आन्दोलनका कारण प्रदेश १ मा थप झडपको स्थिति बन्दै गएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर