सिरहा लहान । ५८ ओँ जातीय विभेद तथा छुवाछूत विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा दलितका लागि दलित राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले सिरहाको लहानमा आफ्नो ८४ बुँदे मागपत्र सार्वजनिक गरेका छन् ।
नयाँ बसपार्कमा आयोजित जनजागरणसभामा जागरणका केन्द्रीय संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि राजेश विद्रोहीले सिरहाको लहानबाट र अर्का संयोजक खगेन्द्र सुनारले कर्णालीको सुर्खेतबाट त्यो मागपत्र सार्वजनिक गरेका छन् । विद्रोहीले भने, यो ८४ बुँदे मागपत्रको अर्थ छ । अब हुने २०८४ सालको चुनावमा दलित आन्दोलनको पनि ८४ वर्ष पुग्दै छ । हामीले खाने धार्मिक सांस्कृतिक अर्थको खाना पनि ८४ बेन्जनको पनि अर्थ राख्छ । यो मागमा धेरै कुरा छ । माग पुरा नभए हामी कडा आन्दोलन गर्दै जाने बताएका छन् । खगेन्द्र सुनारले भने, दलित समुदायलाई समानजनक ढंगले मनुष्य भएर बाँच्न नदिए हाम्रो मृत्यु राज्यका विरु आत्मघाती बनेर पड्किने अनिवार्य भएको बताए ।
विशिष्ट अतिथि तथा राष्ट्रिय हास्य कलाकार सुबोध गौतमले भने, समाजिक, आर्थिक, राजनीतिक र धार्मिक बहिष्कारणमा परेका दलित समुदायको सहभागीता राष्ट्रपतिदेखि पशुपतिसम्म, प्रधानमन्त्रीदेखि प्रधानसेनापतिसम्म सहभागीता अनिवार्य रहेको बताए । गौतमले नेताहरूको विभिन्न स्वरमा भाषणगरी दर्शकहरुलाई हसाएका थिए ।
हजारौंको संख्यामा उपस्थित जनसमुदायहरुले विभेद विरुद्धको विभिन्न नाराहरु लगाएर लहान बजार परिक्रमागरी कार्यक्रम स्थलमा पुगेका थिए । कार्यक्रममा पनि विभेद सम्बन्धि विभिन्न कला, गीत संगीत, नृत्यहरुको प्रस्तुतगरी भव्यरुपमा मनाएका थिए । साझा र समावेशी रुपमा रहेको कार्यक्रममा थप कलाकारहरु प्रकाश अनुराग, कामेश्वर प्रदेशी, डिपी शास्त्री, करण शर्मा, मधु साह, सुनिताहरुको उपस्थिति रहेका थिए । कार्यक्रमको अध्यक्षता सुमन मरिक डोमले गरेकि थिइन ।

