वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
राहदानी मुद्दामा रविलाई शक्तिका आडमा उन्मुक्ति दिइएको भन्दै अख्तियारमा उजुरी
Prabhu Bank AD

काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई राहदानी मुद्दामा शक्तिका आडमा उन्मुक्ति दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

रविको नागरिकता र राहदानीबारे गृह मन्त्रालय हुँदै सर्वोच्च अदालतसम्म पुगेका युवराज सफलले जिल्ला प्रहरी परिसर काठमाडौं,जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।

उनले अख्तियार दुरुपयोग गरी आरोपितलाई उन्मुक्ति दिएको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै आइतबार उजुरी दर्ता गरिएको जानकारी दिए।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले लिने विश्वासको मतका लागि रविको पासपोर्ट दुरुपयोग मुद्दामा सफाइ दिइएको आरोप लगाएका छन्। अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता जोगाउनकै लागि सरकारवादी मुद्दाबाट सफाइ दिने गरी महान्यायधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने पनि उनले बताएका छन्।

विज्ञप्ति जारी गर्दै उनले अदालती परीक्षण नगरी उन्मुक्ति दिएकाले आफू पुन: रिट लिएर सर्वोच्च जाने बताएका छन्।

 

Prabhu Bank AD

सम्बन्धित खवर