वि.सं.२०८३ मंसिर ८ सोमवार
Shivam
Dish Home Long Ad
TaTa
चैत २ देखि ६ सम्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै : प्रम प्रचण्डले उद्घाटन गर्ने, मन्त्री सुदन किरातीले समापन गर्ने

काठमाडौं । चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ ‘निफ’ को सम्पूर्ण तयारी पूरा भएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)का अध्यक्ष केपी पाठकले जनाएका छन् । उनले बुधबार नेपाल पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलनमा यसको जानकारी दिएका हुन् । ‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ ‘निफ’को सम्पूर्ण तयारीका लागि तीन महिना अघिदेखि सक्रिय रहँदै आएको समेत बताए ।


उनले दिएको जानकारी अनुसार ‘निफ’को समुद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने छ भने समापन संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीबाट गरिने छ ।

५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको छ । यी सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्वारा सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलबाट हुनेछन् ।

छैटौं निफको ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन गरिने छ । पत्रकार सम्मेलनमा चलचित्र प्रदर्शन गरिने चारवटै सिनेमा हलहरुमा टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने जानकारी गराइएको छ ।

प्राप्त जानकारी अनुसार महोत्सवमा विगतमा झैं यस पटकपनि ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको विधा समावेश छन् ।

यस पटकको निफमा समेत रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिइएको अध्यक्ष पाठकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Agni

सम्बन्धित खवर